एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका ४ जना पक्राउ परेका हुन्।
Advertisement 1
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन्।
सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको तथा सुमन कुमार र ब्रजेस कुमारलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुबिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको प्रहरीको भनाइ छ।
प्रकाशित :२०८१ मंसिर १८, मंगलवार १४:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%