१६ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य १६ सय रुपैयाँ महंगो भएको हो।
Advertisement 1
शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ रहेको थियो।
शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको महासंघले जानकारी दिएको छ। बिहीबार प्रतितोला १८ सय रुपैयाँका दरले कारोबार भएको चाँदी शुक्रबार १८ सय ४५ रुपैयाँका दरले कारोबार हुने महासंघको भनाइ छ।
प्रकाशित :२०८१ मंसिर १४, शुक्रबार ११:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%