१ हजार रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ रहेको थियो।

सोमबारका लागि चाँदीको मूल्य पनि घटेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय ६० रुपैयाँमा भएको थियो।

प्रकाशित :२०८१ कार्तिक २६, सोमबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry