प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम असोज ३० गतेसम्मको हो।

Advertisement 1

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश संगठित संस्थाले रकम प्रदान गरेका छन्।

साल्ट ट्रेडिङ कर्पोरेशनले रु. ६१ लाख, गैरआवासीय नेपाली संगठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले ३ लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा दाखिला गरेका छन्।

Advertisement 2

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन्।

प्रकाशित :२०८१ कार्तिक १, बिहीबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम