दसैंका लागि कस्तो खसीबोका किन्ने?

काठमाडौं। काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ। चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ।
Advertisement 1
हरेक वर्ष दसैँमा काठमाडौं उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ। यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्यांग्र्रा ल्याइँदै छन्। काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७२० रुपैयाँदेखि ७५५ रुपैयाँसम्म, पहाडी खसी ६७० रुपैयाँदेखि ७०५ रुपैयाँसम्म, बोका ६७० रुपैयाँदेखि ७२० रुपैयाँसम्म र च्यांग्रा प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भइरहेका छन्।
काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए।
Advertisement 2
कस्तो खसीबोका छान्ने?
यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ।
Advertisement 3
टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले स्वस्थ खसीबोका मात्रै बिक्री हुने र अस्वस्थ बेच्न नपाइने बताए।
विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न उनले अनुरोध गरे।