पत्रकार महासंघ रसुवामा सबै पदाधिकारी निर्विरोध,अध्यक्षमा केशव पौडेल
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रसुवामा केशव पौडेलको नेतृत्वमा सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशनबाट सबै पदाधिकारी,सदस्य, केन्द्रीय परिषद् सदस्य निर्विरोध चयन भएका हुन् ।
आइतबार उम्मेद्धारी दर्ता गर्नेक्रममा अध्यक्षमा हेमनाथ खतिवडा र केशव पौडेलको उम्मेद्धारी दर्ज गराएका थिए ।सो बाहेक अन्य उम्मेद्धारमा निर्विरोध चयन भएका थिए ।
Advertisement 1
जसमा केपी ओली निकट प्यानलका हेमनाथ खतिवडाले सोमबार नै आफ्नो उम्मेद्धारी फिर्ता लिएसँगै रसुवा शाखाले निर्विरोध नेतृत्व पाएको हो ।
आइतबार उम्मेद्धारी दर्ता गर्ने क्रममा अध्यक्ष बाहेक सबै पदहरु निर्विरोध चयन भइसकेको थियो ।
जसमध्ये उपाध्यक्षमा अनु आचार्य,महिला उपाध्यक्षमा कविता स्यागवा,सचिवमा दावा तमाग,सहसचिव समावेशीमा आशिष तमाग,सह सचिव हिमनाथ देवकोटा,कोषाध्यक्षमा महेश्वर गजुरेल निर्विरोध चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा विष्णुप्रसाद न्यौपाने,सरस्वती न्यौपाने,सानुकान्छा (शैलेस),संगीता लामा चयन भएका छन् ।
केन्द्रीय परिषद् सदस्यमा सुशील कोइराला र हरिप्रसाद गजुरेलसहितको प्यानलै निर्विरोध चयन भएको निर्वाचन अधिकृत वासुदेव रिजालले घोषणा गर्नुभएको छ ।