चोलेन्द्रलाई ‘प्रधानमन्त्री’ र गैँडालाई ‘हात्ती’ देख्‍ने कान्तिपुर

के तपाईले चैत २०(आज) को कान्तिपुर पढ्नु भयो ? आजको दोस्रो पेजमा ‘मनमौजी आदेश !’ शीर्षकमा एउटा समाचार छापिएको छ। यो समाचारको दोस्रो अनुच्छेद राम्रोसित पढ्नुस् त। समाचारमा लेखिएको छ( कतिपय मुद्दामा सुनुवाइमा गरेको ढिलाइ, आफूअनुकूलको इजलास निर्धारणलगायत क्रियाकलापका कारण प्रधानमन्त्री चोलेन्द्रशमशेर जबरामाथि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘छाया’ बनेको आरोप लाग्ने गरेको छ ।

Advertisement 1

Advertisement 2

लौ भो त अब ! चोलेन्द्रशमशेर प्रधान न्यायाधीश कि प्रधानमन्त्री? प्रधानमन्त्री नै प्रधानमन्त्रीका छाया त हुने नै भयो नि। तर प्रधानमन्त्री चोलेन्द्र भएर पो अचम्म भयो त। त्यस्तै कान्तिपुरको आजकै अङ्कमा पनि अर्को गल्ती छ।
कान्तिपुरको आजकै अङ्कमा पनि अर्को गल्ती छ। पाँचौँ पेजमा ‘शुक्लाफाँटामा हात्ती गणना सुरु’ शीर्षकको एक कोलमको समाचार छ। भङ्गेरा टाउके हेडलाइनमा हात्ती गणना भनेर लेखे पनि समाचारको लिडमै गैँडा गणना लेखिएको छ। अहिले त्यता गैँडा गन्न थालिएको हो। गन्नेहरु भने हात्ती चढेर गैँडाको टाउको गन्न निस्कने हो। तर समाचारको शीर्षकमा भने हात्ती आयो। हात्ती आयो, हात्ती आयो गैँडा।

Advertisement 3

 

 

प्रकाशित :२०७७ चैत्र २०, शुक्रबार १३:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry