आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन

वीरगञ्ज। आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ महिनाका अवधिमा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व विभागले कार्यालयलाई चालु आवको नौँ महिनाको अवधिमा रु छ अर्ब १३ करोड ९५ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेमा कार्यालयले सो अवधिमा रु छ अर्ब ६५ करोड ७९ लाख आठ हजार अर्थात १०८ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँले चालु आर्थिक वर्षमा कार्यालयको राजस्व संकलन उत्साहजनक भएको बताए।

Advertisement 1

विभागले कार्यालयलाई आयकरतर्फ चैतसम्म रु दुई अर्ब १३ करोड २५ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले आन्तरिक आयतर्फ चैतसम्म दुई अर्ब ११ करोड ४७ लाख ५७ हजार अर्थात ९९ दशमलव १७ प्रतिशत राजस्व संकलन गरेको छ। त्यस्तै अन्तःशुल्क करतर्फ दुई अर्ब १६ करोड ६१ लाख लक्ष्य रहेकोमा तीन अर्ब ९६ लाख २४ हजार अर्थात १३८ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको छ। त्यस्तै बहाल करतर्फ २२ करोड ९१ लख चार हजार संकलन गरेको छ।

त्यस्तै व्याज करतर्फ भने ४५ करोड ५७ लाख संकलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब ७५ करोड ३३ लाख ६७ हजार लक्ष्य राखेकोमा एक अर्ब ४३ करोड ३९ लाख ९४ हजार अर्थात ८३ दशमलव ५ प्रतिशत राजस्व संकलन गरेको छ। विभागले कार्यालयलाई वर्षभरिमा भने आठ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ।

प्रकाशित :२०८२ जेष्ठ ८, बुधबार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry