यी हुन् लगानी बोर्डको सीईओका लागि शर्ट लिस्टमा पर्ने ५ जना

काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तका लागि बढेको प्रक्रियाअनुसार ५ जना छनोट सूचीमा परेकाक छन्। सीईओका लागि प्रधानमन्त्री कार्यालयले माग गरेको आवेदनअनुसार ८ जनाले आवेदन दिएका थिए।

Advertisement 1

सोअनुसार ५ जना शर्ट लिस्टमा परेका हुन्। शर्ट लिस्टमा पर्नेहरुमा सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव रहेका छन्।

यसअघि सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै रिक्त पदमा नियुक्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २७ साउनमा आवेदन खुला गरेको थियो।

प्रकाशित :२०८१ भाद्र २०, बिहीबार १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry