डीआइजीको एक्सनपछि गाडी नियन्त्रण, गोदाममा पनि छापा

मूल सफा भए न तल सङ्लो पानी बग्ने हो । मूलै फोहोर भएको खण्डमा धाराबाट सफा पानीको अपेक्षा गर्नु नै बेकार !सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका नेतृत्व गरिरहेका छ्न डीआइजी अञ्जनीकुमार पोखरेलले ।

Advertisement 1

उनी जागिरे जीवनका सिलसिलामा जहाँ पुग्छन् त्यही मन,वचन र कर्मले केही न केही सुधारका यत्न गरिरहन्छन् ।विगत केहि सातादेखि ठूलो परिणामको चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना पाएसंगै  डीआइजी  पोखरेल  उतृए । डीआइजी पोखरेलको निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गर्‍यो।

त्यस्तै कचनकवल गाउँपालिका वडा नं. ४ स्थित लोदावारीमा गोदाममा स्टोर गरि राखेको चार सय ५६ कार्टुन स्याउ पनि बरामद गरेको छ। सो स्याउको मूल्य सात लाख ९२ हजार ९८४ रुपैयाँ पर्ने जानकारी दिइएकाे छ ।

Advertisement 2

बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको डीआइजी पोखरेलले बताए। सशस्त्रले प्रति कार्टुन १७ सय मूल्यांकन तोकेर बुझाएको फुजि स्याउको नेपाली बजार मूल्य ४२ सयदेखि ४४ सय रुपैयाँ पर्छ ।

डीआइजी अञ्जनीकुमार पोखरेलले चाइनिज स्याउ तस्करी घटनाको बारेमा बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईँको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेका छन्। एसपी हुमागाईँ नेतृत्वमा खटाइएका टोली मंगलबार नै झापामा आएर छानबिन सुरु गरेको डीआइजी पोखरेलले जानकारी गराए ।

प्रकाशित :२०८० बैशाख २०, बुधबार १८:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry