दुई दिनयता स्थिर सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा पछिल्लो २ दिन सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो महिनाहरुमा निरन्तर उतारचढाव भइरहेको सुनको मूल्य पछिल्लो २ दिन स्थिर रहेको हो।
Advertisement 1
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। म्हासंघका अनुसार सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो। यसअघि आइतबार भने सुनको कारोबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा भएको थियो।
यही भदौ १३ गते सुनको मूल्य कीर्तिमानी उचाइ १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको थियो। प्रत्येकदिन उतारचढाव भइरहकने सुनको मूल्य पछिल्लो दुई दिनयता भने स्थिर रहेको हो।
Advertisement 2
त्यस्तै आइतबार प्रतितोला १७ सय ९५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य सोमबार र मंगलबार प्रतितोला १७ सय ७५ रुपैयाँमा भएको छ।