जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

काठमाडौं। भ्द्रकालीमा निर्माण गरिएको जिल्ला प्रहरी परिस काठमाडौंको नयाँ भवन सञ्चालनमा आएको छ। टेकुबाट प्रहरी यसअघि असारमा नै सरिसकेको उक्त भवनको उद्घाटन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

Advertisement 1

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट सरेर काठमाडौं प्रहरी टेकु गएको थियो। ठेकुमा आधारभूत सेवासमेत नभएकोले प्रहरीले अभावमै सेवा दिनुपरेको थियो। हाल भद्रमाली सुविधा सम्पन्न भवन निर्माणसँगै काठमाडौं प्रहरी यहाँ सरेको हो।

भद्रकालीमा नवनिर्मित भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने सुविधासहितको हिरासत छ। उद्घाटनमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रमेश लेखक, मुख्य सचिव लीलादेवी गड्तौला, गृहसचिव एकनारायण अर्याल, निमित्त प्रधानसेनापति अशोकराज सिग्देललगायतको सहभागिता थियो।

प्रकाशित :२०८१ भाद्र १०, सोमबार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry