ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट

काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले के–ल्याबमा २५ प्रतिशत छुट पाउने भएका छन्। त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याबसम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट पाउने छन्।

Advertisement 1

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन्। समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउने छन्।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

प्रकाशित :२०८१ भाद्र १०, सोमबार १०:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry