नेशनल लाइफ इन्स्योरेन्सको १० प्रतिशत लाभांश र ४ प्रतिशत नगद प्रस्ताव पारित

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधरणसभा सम्पन्न भएको छ।
Advertisement 1
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले साधारणसभा सम्पन्न गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गने प्रस्ताव पारित गरेको छ।
नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ।
Advertisement 2
साथै आर्थिक वर्ष २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाहलगायत वित्तीय विवरण छलफल गरी आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिएको पनि कम्पनीले जानकारी दिएको छ।
प्रकाशित :२०८१ भाद्र ७, शुक्रबार १४:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%