महालक्ष्मी विकास बैंक अब आईएसओ ९००१ : २०१५ प्रमाणित
काठमाडौं। महालक्ष्मी विकास बैंक अब अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ : २०१५ प्रमाणित कम्पनी बनेको छ।
Advertisement 1
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम कम्पनीले साउन ३२ गतेदेखि लागू हुनेगरी उक्त प्रमाणपत्र पाएको हो।
बैंकले ‘प्रोभिजन अफ डेभेलपमेन्ट ब्यांकङि एक्टिभिटिज’अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको हो। यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी रहेको बैंकको दाबी छ।
Advertisement 2
अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन्।