नागरिकता बनाइदिन्छु भन्दै वडासदस्यले १० हजार घुस मागेपछि…..

रुपन्देहीको सैनामैना नगरपालिकाका वडा नं २ का वडासदस्य थानेश्वर गिरीमाथि दश हजार घुस लिएको आरोप लागेको छ । गिरीले नागरिकता बनाइदिने भन्दै एक सेवाग्राहीसंग घुसको मोलमोलाई गरेको खुलासा भएको छ ।
Advertisement 1
पीडित पक्षले छानविनका लागि भन्दै वडा कार्यालयमा दिएको निवेदनमा सोमनारायण थारूलाई नागरिकता निकालिदिन्छु भनेर गिरीले दश हजार मागेको उल्लेख छ । निवेदनमा वडासदस्य गिरीमाथि तत्काल कारवाही गर्न माग गर्दै वडाअध्यक्ष कामदेव भुसालको ध्यानाकर्षण गराइएको छ ।
Advertisement 2
वडाध्यक्ष भुसालले पनि गिरीविरुद्ध निवेदन परेको स्वीकार गरे । उनले आरोपित वडासदस्यले घुस लिए नलिएको बुझ्न छानबिन समिति गठन गरिने जानकारी दिए ।आरोपित गिरीले भने घुस नमागेको जिकिर गरेका छन् ।
प्रकाशित :२०७७ चैत्र १९, बिहीबार १०:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%