अख्तियारले मागेका कागजातभित्रै १ लाख रूपैयाँ घुस भेटिएपछि…

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि माग गरेका कागजातभित्र १ लाख रुपैयाँ घुस भेटेपछि सम्बन्धित कर्मचारीलाई पक्राउ गरेको छ।
Advertisement 1
आयोगको कञ्चनपुर कार्यालयले छानबिनका लागि माग गरेका कागजातभित्र १ लाख रुपैयाँ घुस रकम भेटेपछि अनुसन्धानमै मुछिएका कर्मचारी तत्काल पक्राउ परेका हुन्।
अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धुर्वप्रसाद काफ्लले अनुसन्धानका लागि कागजात पेश गर्दा सोहीभित्र १ लाख रुपैयाँ पनि राखेर अनुसन्धान कधिकृतलाई दिएका हुन्।
Advertisement 2
हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत सापकोटाले मेल्लेख गाँउपालिकाको मेसिनरी सामान खरिदमा अनियमितता गरेका थिए।
सो सम्बन्धमा आयोगको कञ्चनपुर कार्यालयमा उजुरी परेको थियो। सो सम्बन्धमा छानबिन चलिरहेकै अवस्थामा आवश्यक कागजात बुझाउने भन्दै खामभित्र १ लाख रुपैयाँसमेत राखिएको फेला परेको आयोगले जानकारी दिएको छ। त्यसपछि सापकोटालाई नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ।