मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं। कञ्चनपुरको दोधारा चाँदनीमा मान्छेमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा लिइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राविधिकले शुक्रबार बिहान बाघ नियन्त्रणमा लिएका हुन्।

Advertisement 1

दोधरा चाँदनी नगरपालिका–२ स्थित खेतबाटै बाघलाई नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्। यसअघि बिहीबार उक्त बाघले दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गर्दा शाहको मृत्यु भएको थियो। जुन उखुबारीमा शाहको शव फेला परेको थियो, सोही उखुबारीबाट बाघलाई पनि नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।

Advertisement 2

शाहले धान गोडिरहेका बेला बाघले आक्रमण गरी नजिकैको उखुबारीमा लगेको थियो। बिहीबार दिनभरी सोही उखुबारीमा रहेको बाघ नियन्त्रणका लागि प्रहरी र स्थानीयले दिनभरी नियन्त्रणमा लिने प्रयास गरेका थिए। दिनभरि नियन्त्रणमा लिन नसकेपछि बिहीबार राति सोही उखुबारी नजिकै पाडो राखिएको थियो।

Advertisement 3

बाघले सो पाडो पनि खाएको स्थानीयले बताएका छन्। नेपाल प्रहरी, नेपाली सेना र निकुन्जका प्राविधिकले शुक्रबार बिहानै सोही उखुबारीबाटै बाघलाई नियन्त्रणमा लिएका हुन्। नियन्त्रणमा लिएको बाघलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको स्थानीयले बताएका छन्।

प्रकाशित :२०८१ श्रावण १८, शुक्रबार ११:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry