फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुईरदुई रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले  जानकारी दिनुभयो ।

Advertisement 1

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय तीन रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।

प्रकाशित :२०७७ चैत्र २३, सोमबार ०५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry