५.२९ अंकले घट्यो नेप्से

काठमाडौं। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५.२९ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार नेप्से २७५५.६२ अंक कायम भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२९ अंकले ओरालो लागेर ४९२.७५ मा सीमित भएको छ।

Advertisement 1

कूल २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ सय रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर कारोबार भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये ७ उपसमूहको सेयर मूल्य ओरालो लागेको छ भने ६ उपसमूहको सेयर मूल्य उकालो लागेको छ।

नेप्सेका अनुसार ५ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन्।

Advertisement 2

यस्तै, पिपुल्स हाइड्रोपावर ९.१३, प्रभु बैंकको ऋणपत्र ८.६५, रसुवागढी हाइड्रोपावर ७.०९, अप्पर सोलु हाइड्रोपावर ६.७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन्।

प्रकाशित :२०८१ श्रावण १७, बिहीबार १५:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry