विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

काठमाडौं। काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका विमान चालक (पाइलट) मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ। कलजेका निर्देशक प्रा. डा. मीना थापाले पाइलटको स्वास्थ्यमा सुधार आएको बताइन्। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन्।
Advertisement 1
‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भनिन्, ‘घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ।’ यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो।
उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए। उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ।
प्रकाशित :२०८१ श्रावण ११, शुक्रबार १५:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%