२५० रुपैयाँको किनमेलले दिलायो १० लाख ! कञ्चनपुरको यो पसलबाट किन्ने ग्राहक बने बम्पर विजेता

करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर घोषणा, विजेताको नाम गोप्य राख्दै विभागले खरिद गरिएको पसल र स्थान सार्वजनिक गर्‍यो।

Advertisement 1

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ’करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो पटक १० लाख रुपैयाँको बम्पर उपहार विजेता घोषणा गरेको छ। विजेताको नाम भने सार्वजनिक नगरिएको भए पनि उनले कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिवकृष्ण जनरल स्टोरबाट सामान खरिद गर्दा बम्पर उपहार जितेको विभागले जनाएको छ।

विभागका अनुसार ००७३१५२५४४९३ कुपन नम्बरधारी ग्राहकले १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्। उनले उक्त स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए।

Advertisement 2

कानुनी व्यवस्थाअनुसार पुरस्कार रकममा २५ प्रतिशत कर कट्टा हुने भएकाले विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा विभागले बम्पर विजेतासहित अन्य पुरस्कार विजेताको घोषणा गरेको हो।

Advertisement 3

यसअघि विभागले १ लाख ३३ हजार ३३४ रुपैयाँ बराबरको पुरस्कार जित्ने १५ जना विजेताको पनि घोषणा गरेको थियो। कर कट्टापछि उनीहरूले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

१ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार जित्ने कुपन नम्बरहरू:

००७७५५५८०६७०
०१५६११०५८०७५
०१२२५९०८६५९९
००१४९७३९०७३३
००६८४१५५३५३७
००२९२८८१७८११
००९८९१७८३२४५
००४७८०८४०८८४
०१०८३७१८०३३२
००५५८८५०६०८५
००३०६६७७९५८९
००८७८२४८६३३५
०१३०३५२३०२९७
००१८०८९६५९८६
०११३८०९१४५८०

करदातालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०८३/८४ देखि यो कार्यक्रम लागू गरेको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेले वार्षिक बजेटमार्फत यस कार्यक्रमको घोषणा गरेका थिए।

पहिलो चरणमा साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ।

अबदेखि हरेक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार विजेताको घोषणा गरिने विभागले जनाएको छ।

प्रकाशित :२०८३ श्रावण २२, शुक्रबार १२:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry