पहिरोले बगाएको एउटा बसमा ७ जना भारतीय थिए

मुग्लिन। नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका २ बसमध्ये एउटामा ७ जना भारतीय नागरिक रहेका खुलेको छ।

Advertisement 1

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक ७ जना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ। सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ।

Advertisement 2

नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन। सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन्। पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ। रासस

प्रकाशित :२०८१ असार २८, शुक्रबार १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry