‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौं। एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन्। एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक चलाउने गरी सम्झौता गरेका छन्।

Advertisement 1

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ता क्रयशक्तिका कारणले कहिलेकाँही मात्र इन्टरनेट चलाउने समस्यालाई सम्बोधन गर्न एनसेलले मेटासँग सम्झौता गरेको बताएको छ। उक्त सम्झौता मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ।

विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक रहने कम्पनीको भनाइ छ। डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन्। यी दुवै प्रोडक्टहरुमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागु हुने कम्पनीको भनाइ छ।

प्रकाशित :२०८१ असार २७, बिहीबार १७:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry