नेपाल एसबिआई बैंकको ३१औं वार्षिकोत्सव

काठमाडौं। नेपाल एसबिआई बैंकको ३१औं वार्षिकोत्सव सम्पन्न भएको छ। बैंकले आइतबार वार्षिकोत्सव मनाएको हो। सो अवसरमा बैंकले आयेजना गरेको शपथ ग्रहण कार्यक्रममा बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागि प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे।
Advertisement 1
साथै उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए। त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिंदै यसरी नै योगदानको निरन्तरताका लागी आग्रह गरे।
बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे। बैंकले सोे अवसरमा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाई वितरण गरेको थियो।
नेपाल एसबिआई बैंक लिमिटेडले हालै सञ्चालनमा आएका २ शाखा, पिडारी चोक, जनकपुर र रामपुर बजार, पाल्पासहित १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२१ एटिएम तथा १ कर्पोरेट अफिसबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।