राष्ट्रपति पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा जाने कार्यक्रमलाई स्वीकृत गरेको हो ।

Advertisement 1

यस्तै, त्यहाँबाट राष्ट्रपति पौडेल जर्मनीको भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन । उनका अनुसार बैठकले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने र तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।

प्रकाशित :२०८१ जेष्ठ १७, बिहीबार २०:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry