सरकारी बेरुजु करिब १२ खर्ब रुपैयाँ (पुर्ण पाठसहित)

काठमाडौं । सरकारको बेरुजु रकम करिब १२ खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ६१औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९/८० सम्म सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ नाघेको हो ।

Advertisement 1

संघीय सरकार तथा त्यसका निकाय, प्रदेश सरकार तथा मातहतका निकाय र स्थानीय तहले कानुनी प्रक्रिया नपुर्‍याइ गरिएको खर्च महालेखा परीक्षक कार्यालयले विभिन्न किसिमका बेरुजुमा उल्लेख गरेको छ । कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ६१औं प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महालेखा परीक्षक कार्यालयले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तह र विभिन्न संगठित संस्था, समितिलगायतका निकायको ७८ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँको लेखापरीक्षण गरेको बताएको छ । त्यसमा १ खर्ब २७ अर्ब ७४ करोड रुपैयाँ बेरुजु महालेखाले औंल्याएको छ ।

Advertisement 2

प्रकाशित :२०८१ जेष्ठ १३, आईतवार १८:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry