प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान
नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
Advertisement 1
प्रधानसेनापति शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच दुवै उपरथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। साथै, सोही कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथीमा पदोन्नति भएका सातमध्ये चार जना महा–सेनानीलाई समेतसहायक रथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका थिए।
उपरथी केसी सैनिक इन्टेलिजेन्स कोरमा तथा उपरथी शर्मा उपत्यका कमाण्डको कमाण्ड सेनापतिमा नियुक्ति भएको जंगी अड्डाले जनाएको छ। उनीहरु सबै पुस ८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा भएका हुन्।