मनाङबासीको आँखाको नानी बने दिनेश – पुर्ननिर्माणमा सहयोग गर्ने प्रतिबद्धता ।

अञ्जनकुमार हिमाली ।
Advertisement 1
मदर टेरेसाको एउटा भनाइ छ, यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौं भने एक जनालाई त खुवाउ ! साँच्चै विपतका बेला एकजनालाई मात्रै भएपनि खुवाउन सकियो भने मानव जीवनमा त्यो भन्दा ठूलो धर्म के होला र । भनिन्छ नी त्यो जीवन अरुका लागि होइन भने यो जीवन नै होइन । सेवा गर्न धन मात्र भएर हुँदैन सबै भन्दा ठूलो मन् चाहिन्छ । मन भयो भने जहाँ इच्छा त्यहाँ उपाय पनि हुँदो रहेछ । धादिङ्ग जिल्ला त्यो पनि अति दुर्गमको एउटा ठिटो असार १ को विनाशकारी भेलले मनाङ जिल्लाको सम्पूर्ण सम्पर्कलाई विच्छेद समेत गरेको अवस्थामा राहतको सामग्री बोकेर जानु चानेचुने कुरो थिएन । सदरमुकाम चामेका २/४ घर अफिस बाहेक अरुमा आंशिक क्षति पुर्यायो तर सबै भन्दा ठूलो खती त नासो गाउँपालिकाको वडा नम्बर-१ ताल गाउँको ८५ घर, स्कूलमा पूर्ण क्षति गरायो । वडा नम्बर-३ को धारापानी मा २१ घर दाना क्यूमा ३ घर र वडा नम्बर-४ काे २ घरको नाम निशान राखेन। प्रकृतिको अनुपम उपहार मनाङमा अवस्थित ति बस्ती हेर्दा हेर्दै खण्डहरमा परिणत भए । २/४ पोका चाउचाउ र एक पोका चामलको बोरा बोकेर कयौले राहत बाँडेको भन्दै प्रचारको हुण्डरीनै मच्चाए । माओवादी केन्द्रका अध्यक्ष र देव गुरुङ समेत सेनाको हेलिकप्टर लिएर चामे पुगे । दुईचार थान आश्वासनको थुँगा फ्याँके । तर क्षतिग्रस्त इलाका ताल र धारापानीमा उनले टुलुक्क हेर्ने मनपनि नगरेको त्यहाँका बासिन्दाले गुनासो पोखे । गुनासो मात्र होइन, चरम क्षतिको त्यही क्षेत्रमा राहत मात्र होइन स्वास्थ्यको सामाग्री समेत बोकेर पुगे धादिङका तीनै ठिटा दिनेश तामाङ जसले महाभूकम्पको बेला धादिङ रुबी भ्याली गाउँपालिकाका ५५ घर परिवारलाई जग्गा समेत किनेर बस्ती बसालेका थिए । समाजसेवी दिनेश तामाङको जीवन कथा निकै दयनीय रहेछ । धादिङ्ग जिल्लाको तत्कालीन लापा गाविसको निकै विकट कपुरगाउँमा जन्मिएका दिनेश एसएलसी पास गरेर क्यापस पढ्न भनेर काठमाडौ झरेका उनले दुईसय रुपियाको अभावले सरस्वती क्याम्पसमा भर्ना पाएनन् । अनि मजदुरीका लागि केही समय भारत पनि पसे । संयोगले क्यानेडियन नागरिक क्यापा चिनोको भेटले भने उनको दैनिकी अलि फेरियो एचए पढे । गाउँमा आङ खस्ने महिलाको समस्याको क्याम्प चलाए । हरेक ठाँउ विपतका बेला केही न केही सहयोग लिएर पुग्ने तामाङ यसपटक बाढीले क्षत विक्षत बनाएको मनाङ पुगे । महाभूकम्पको भूमरीबाट बालबाल बाँचे । त्यसबेला उनी सिन्धुपाल्चोक थिए । जहाँ उनका १९ जना साथी पुरिए। २ जनाले त ज्यान गुमाए । नयाँ जीवन पाएका दिनेश गाउँ पुग्दा त्यहाको अवस्था निकै दर्दनाक थियो । गाउँलेहरु रोएका थिए । उनलाई अंगालो हालेर बचाउनका लागि याचन गर्दै थिए । जहाँ उनको आमा दिदीहरु पनि पर्थे । उनले child Heven संस्थाकी बोनी क्यापा चिनोको सहयोगमा ५५ घर निर्माण गरी बस्ती बसाल्न सफल भए । चर्चा धुर्मुस सुन्तलीको थियो, गोरखाकै लाप्राकमा दुईजना परिवार पनि बस्न मुस्किल घर बनाएका शेष घलेको थियो । यी बिचरा सामान्य गाउँलेको महान कार्यको चर्चा शून्य जस्तै थियो । यसो त उनलाई चर्चा वा प्रचारको जरूरत पनि थिएन । थियो त केबल कामको । असार १ गतेको बाढीले पीडित हुन पुगेका ३ सय ६० मनाङबासीलाई १३ टन राहत सामाग्री सहित पाँचवटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री समेत बितरण गरे । सहयोगी हातहरु खाल्सा एड, हाल अमेरिकाको अलास्का निवासी पिस हिल स्टेशन लमजुङका जीत तामाङ, आशिष योन्जन, हरि बहादुर तामाङ झार्लाङ, प्रति आभार प्रकट गर्दै सानो भएनी सहयोग गर्न पाउँदा स्थानीयसंग खुसी व्यक्त गरेका तामाङको श्रीमती मञ्जुमाया तामाङले लोग्नेको काँधमा काँध साथमा साथ दिएकी छन् । जसका कारण समाजसेवामा लाग्न तामाङलाई थप उर्जा मिलेको थियो । तामाङ आफुले उच्च शिक्षा हासिल गर्न त सकेनन् तर गाउँबस्तीका बिपन्न जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, प्राबिधिक शिक्षा (सामान्य चिकित्सा , नर्सिङ, अनमी, डेन्टल, फार्मेसी, ल्याबटेक्निसियन लगायतका विषय अध्ययन गर्न सहयोग गरिरहेका छन् । सहयोगी मनका धनी तामाङ संग निकै अनुग्रहित बनेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर घले बताउँछन । सूर्य लाइफ इन्सुरेन्स लमजुङ्गका प्रमुख च्याम्चे लमजुङ निवासी प्रतिक तामाङ दिनेशको यो कार्यको प्रसंशा गर्ने शब्द नै आफूसंग नभएको बताउँछन् । आजको स्वार्थी समाजमा यस्ता निस्वार्थ भावले सहयोग गर्ने व्यक्तिहरू विरलै हुने बताइरहँदा दिनेश तामाङले फेरि मनाङ आउने र स्कूल निर्माणमा पहल गर्ने बताएका छन् ।