ज्योति विकास बैंकले गर्यो १५ जना बालबालिकालाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका लागि स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषको सीएसआर कार्यक्रम अन्तर्गत ईनेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकालाई कृतिम हात प्रदान गरेको छ । ईनेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ईनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा कृत्रिम हात आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको हो ।

Advertisement 1

प्रदान गरिएका कृत्रिम हातले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको जनाइको छ । कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकालाई उक्त कृत्रिम हात प्रदान गरिएको बैंकका सूचना अधिकारी प्रकाश बरालले जानकारी दिए । उनका अनुसार बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हात बालबालिकाको पठनपाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरेको छ ।

ज्योति विकास बैंकले आफ्नो १५ औ वार्षिकोत्सवको अवसरमा ईनेबल नेपालसंग सहकार्य गरी १५ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौता अनुरुप बालबालिकाको निम्ति कृत्रिम हात प्रदान गरिएको छ । थ्री डी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हात हलुका हुनुको साथै औंला चलाउन पनि सकिन्छ । उक्त संस्थाले थ्री डी प्रिन्टेड हातको निर्माणका सात साथै स्वास्थ, शिक्षा, र सीप विकास तालिम पनि प्रदान गर्दछ ।

Advertisement 2

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको जनाइएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित :२०८१ बैशाख २९, शनिबार २२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry