नेपाल प्रहरीका डीआईजीपी जोशी र ढकाल एआईजीपीमा बढुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसमा डीआईजीपी उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् । यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् ।
बैशाख चार गते बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा जोशी र दोस्रो नम्बरमा ढकाललाई बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रकाशित :२०८१ बैशाख २७, बिहीबार १८:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%