गृहका ७ उपसचिवको सरुवा, ६ सहायक सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूचीसहित)
काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय अन्तरगत कार्यरत ६ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहीबार ७ जना उपसचिवको सरुवा गर्ने क्रममा ६ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ ।
Advertisement 1
मन्त्रालयका अनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई इलाका प्रशासन कार्यालय दमक, झापामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा गरेको छ भने रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेलाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
यस्तै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
Advertisement 2
मन्त्रालयले लोकमान श्रेष्ठलाई मकवानपुर, भीमराज कोइरालालाई सिरहा, जितेन्द्रकुमार यादवलाई सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको छ ।