छात्रवृत्ति विवरण पेस गर्न संस्थागत विद्यालयलाई काठमाडाैं महानगरको निर्देशन

काठमाडाैं। काठमाडौं महानगरपालिकाले विद्यालयहरूलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिएको छ।
Advertisement 1
३ दिनभित्र सबै संस्थागत विद्यालयले छात्रवृत्ति विवरण पेस गर्नुपर्ने महानगरपालिकाले जानकारी दिएको छ। बिहीबार सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र विवरण नबुझाएका यही वर्षदेखि स्कुल बन्द सूचीमा राख्ने उल्लेख गरेको छ।
‘विवरण पेस नगर्ने विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालन नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरिनेछ,’ महानगरको सूचनामा भनिएको छ।
Advertisement 2
प्रकाशित :२०८१ जेष्ठ २४, बिहीबार १०:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%