दुई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २८ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले दुई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहति २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुर र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २८ जना सहसचिवको सरुवा गरेको हो ।

Advertisement 1

सरुवा सूची अनुसार ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ भने ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयाका सहसचिव रेखा दासलाई पठाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाको अर्थ मन्त्रालयमा सरुवा हुदाँ पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

Advertisement 2

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय चार जना उपसचिवको पनि सरुवा गरेको छ । जसमा युवा तथा खेलकुद मन्त्रालय अन्तरगत ममता बास्तोला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगत सरुवा भएको छ भने भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगत कार्यरत मोहन निरौलाको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत सरुवा भएको छ ।

Advertisement 3

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत कार्यरत विजय भुर्तेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ ।

प्रकाशित :२०८१ बैशाख १४, शुक्रबार २१:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry