नक्कली भ्याट बिल प्रकरणमा यादव, दुई अर्ब राजश्व छली
राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सिरहाका किशोरी यादवका चार वटा व्यापारिक फर्ममाथि मुद्दा अघि बढाएको छ।
Advertisement 1
विभागका अनुसार झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी कर छलेको आरोपमा यादव सञ्चालक रहेका रेणु इन्टरप्राइजेज, ओएनएस, रूपम र आरजु इन्टरनेसनल प्रा.लि.विरूद्ध उच्च अदालतमा मुद्दा दायर गरिएको हो।
यादव सिरहा कल्याणपुर ११ का हुन्। उनीसहित मुद्दा दायर गरिएकामा बैंक खाता सञ्चालक विनय लिहला अग्रवाल, प्रोप्राइटर रेणुकुमारी यादव र मूर्तिदेवी सिंह छन्। विभागका अनुसार ओएनएससँग ७६ करोड ६७ लाख ८३ हजार ९३९ रुपैयाँ बिगो माग गरिएको छ।
Advertisement 2
उक्त कम्पनीले २६ करोड ५७ लाख ७४ हजार २०२ मूल्य अभिवृद्धि कर र ५० करोड १० लाख ९ हजार ७३७ रुपैयाँ आयकर छलेको विभागले बताएको छ।
प्रकाशित :२०७७ चैत्र १३, शुक्रबार १६:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%