नेपाल प्रहरीमा १३५ जना प्रहरी हवल्दार र ७० जना बरिष्ठ प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका १३५ जना प्रहरी सहायक हवल्दार प्रहरी हवल्दारमा र ७० जना प्रहरी हवल्दार प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
Advertisement 1
शुक्रबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिंग उपसमूह, सञ्चारतर्फका प्रहरी सहायक हवल्दारलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरीमा प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फको ६५ जना प्रहरी हवल्दार र प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएपछि रिक्त हुन आउने ७० प्रहरी हवल्दार गरी १३५ जना बढुवाका लागि सिफारिस भएका बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी नायव निरीक्षक (असई) रबिनकुमार खड्काले जानकारी दिए ।
Advertisement 2
यस्तै नेपाल प्रहरीमा नै प्राविधिक प्रहरी समूह, ईन्जिनियरिगं उपसमूह, सञ्चारतर्फ पनि ७० जना प्रहरी हवल्दारलाई सोही समूह, उपसमूहतर्फको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका सिफारिस भएका छन् ।
Advertisement 3
प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम चारको व्यवस्था अनुसार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएकाको सूची सार्वजनिक भएको हो ।