ललितपुरको सातदोबाटो-बालकुमारी सडक खण्ड केही दिन रातमा बन्द हुने

काठमाडौँ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ। बैशाख ६ देखि ११ गतेसम्म सडक बन्द गरेर काम गरिने भएको छ।

Advertisement 1

यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो। दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो। तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ।

प्रकाशित :२०८१ बैशाख ६, बिहीबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम