तनहुँ, १ मा रास्वपाको अग्रता कायमै

तनहुँ। तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ।

Advertisement 1

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन्।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले १ हजार १०१ प्राप्त गर्नुभएको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना भएकामा ६ हजार २३४ मत सदर भएको छ।

Advertisement 2

यस क्षेत्रमा कुल १ लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन्।

प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry