मानव अधिकार उल्लंघनकर्ता तोयम राय महालेखापरीक्षकमा अनुमोदित

काठमाडौं । मानव अधिकार उल्लघनकर्ता तोयम राय महालेखापरीक्षकमा अनुमोदित भएका छन् । संवैधानिक परिषद्बाट सिफारिस भएका तोयम राय मानव अधिकार उल्लघनको सूचीमा रहेका थिए ।
Advertisement 1
सहसचिव एवम मोरङका प्रमुख जिल्ला अधिकारी रहदाँ रायले बलको अत्याधिक प्रयोग गरेर मानव अधिकार उल्लघन गरेका थिए । जसमा उनले २०७२ साल माघ १० गते तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्तित्र मधेशी मोर्चा र नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालले मोरङको रंगेलीमा आ–आफ्नो कार्यक्रम गर्ने सन्दर्भमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुदाँ आन्दोलनकारीसमेत तीन जनाको मृत्यु, प्रहरी र केहि व्यक्ति घाइते भएका र सम्पतिसमेत क्षति भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार मानव अधिकार उल्लघन गर्ने २८६ जनाको सूचीमध्ये २३५ नम्बरमा रायको पनि नाम छ । रायले महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएलगत्तै राजिनामा दिएका थिए ।
Advertisement 2
रायसँगै पूर्व सचिव एवम तत्कालिन गृह सचिव नारायणगोपाल मलेगो, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) एवम जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारणीप्रसाद लम्सालले उक्त घटनासँग जोडिएकाले उनीहरु पनि मानव अधिकार उल्लघनकर्ताको सूचीमा रहेका छन् । आयोगले रायसहित तीनै जनालाई सचेत गराउन भन्दै सिफारिस गरेको थियो । आयोगका अनुसार सरकारले अहिलेसम्म कुनै पनि कारवाही नगरेको आयोगले जनाएको छ ।
रायसँगै मानव अधिकार उल्लघनर्कर्ताको कर्मचारीको सूचीमा लोक सेवा आयोगका बहालवाला सचिव राजकुमार श्रेष्ठ, श्यामप्रसाद मैनाली, बालकृष्ण प्रसाईं, रेवतीरमन काफ्ले, नरेन्द्र दाहाल, शिवप्रसाद नेपाल, भोला शिवाकोटी, चण्डेश्वर आचार्य, चूडामणि शर्मा, मोहनकुमार पोखरेल, सुमन ढकाल, शोभेन्द्र ठाकुर र नुनु पाण्डे पनि रहेका छन् । मानव अधिकार हननकर्ताको सूचीमा रहेका अधिकांश व्यक्ति हाल सार्वजनिक पदमा छैनन् । तर पनि यसले उनीहरूलाई कतै नियुक्ति तथा अन्तर्राष्ट्रिय भ्रमणमा समस्या हुन सक्ने आयोगले जनाएको छ ।
Advertisement 3
सूचीमा रहेका व्यक्ति मानव अधिकार हननकर्ताको रूपमा ठहर भएकाले कतिपय देशले उनीहरूलाई भिसा नै नदिने र विमानस्थलबाटै फर्काइदिन सक्छ । सार्वजनिक पदमा भएकालाई सिफारिसअनुसार कारबाही नै हुनुपर्छ । सार्वजनिक पदमा नरहेकाको हकमा पनि मानव अधिकारमा दोषी भएकाले समस्या हुन सक्छ ।