निर्वाचन अधिकृतको कार्यालयमा कति रहन्छन् कर्मचारी ?

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु पालिका पालिकामा खटिसकेका छन् । निर्वाचन आयोगले जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत र उपसचिव तहका कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचन अधिकृतको काम समेत गर्छन् । निर्वाचन अधिकृतले स्थानीय तहको निर्वाचनका साथै गाउँ र नगर कार्यपालिकाको महिला, दलित र अल्पसंख्यक सदस्यको निर्वाचनको अधिकृतको रुपमा समेत काम गर्नेछन् ।
निर्वाचन कार्यक्रम प्रकाशन,उम्मेद्धारी मनोनयन गर्नेदेखि निर्वाचनको नतिजा घोषणा गर्नेदेखि मतदान केन्द्रको अनुगमन, निरीक्षण लगायत मतगणना गर्न तोकिएको स्थानमा मतपेटिका संकलन गर्ने व्यवस्था मिलाउने र मतपेटिका बुझी सुरक्षितसाथ राख्ने जिम्मेवारी निर्वाचन अधिकृतको काँधमा दिइएको हुन्छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका,२०७८ जारी गरेको सो उक्त व्यवस्था अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ जना कर्मचारी रहन्छन भने निर्वाचन अधिकृतको कार्यालयमा ८ जना कर्मचारी रहन्छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित सातौं वा आठौं तहको अधिकृतलाई सहायक निर्वाचन अधिकृतको रुपमा खटाइएको हुन्छ भने लेखापाल वा सहलेखापाल एक जना,सहायक कर्मचारी एक जना कम्युटर अपरेटर एक जना,सवारी चालक एक जना,कार्यालय सहयोगी दुई जना र नीजि सुरक्षा अधिकारी एक जना गरी कूल ९ जनासम्म कर्मचारी राख्न पाउने व्यवस्था गरिएको हुन्छ । महानगरपालिकाको हकमा भने थप प्रशासनिक कार्य सम्पादनका लागि एक जना राजपत्रांकित तृतीय श्रेणी वा अधिकृतस्तर सातौ वा आठौ तहको एक जना कर्मचारी थप खटाउन पाइने व्यवस्था गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा रहने कर्मचारीको विवरण यसरी तय गरेको छ जसअनुसार,
(१) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा देहाय बमोजिमका कर्मचारी रहनेछन्ः–
(क) मुख्य निर्वाचन अधिकृत –एक जना
(ख) सहायक निर्वाचन अधिकृत (राजपत्रांकित द्वितीय वा तृतीय श्रेणी वा
अधिकृतस्तर नवौं, दशौं, आठौवा सातौतह) –एक जना
(ग) लेखा अधिकृत वा लेखापाल –एक जना
(ङ) सहायक कर्मचारी (राजपत्र अनंकित प्रथम वा द्वितीय श्रेणी
वा सहायक पाँचौ वा चौथो तह) –एक जना
(च) कम्प्युटर अपरेटर (राजपत्र अनंकित प्रथम वा द्वितीय श्रेणी
वा सहायक पाँचौ वा चौथो तह) –एक जना
(छ) सवारी चालक वा सयस (सवारी साधन वा घोडा भएमा) –एक जना
(ज) कार्यालय सहयोगी –दुई जना
(झ) निजी सुरक्षा अधिकारी (पिएसओ) –एक जना
(२) महानगरपालिका भएको क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयको हकमा अन्य
प्रशासनिक कार्य सम्पादनका लागि एक जना राजपत्रांकित तृतीय श्रेणी वा अधिकृतस्तर सातौ वा आठौ तहको एक जना कर्मचारी थप हुनेछ ।
(३) मुख्य निर्वाचन अधिकृतको कार्यालय बाहेक अन्य निर्वाचन अधिकृतको कार्यालयमा देहाय बमोजिमका कर्मचारी रहनेछन्ः–
(क) निर्वाचन अधिकृत –एक जना
(ख) सहायक निर्वाचन अधिकृत (राजपत्रांकित तृतीय श्रेणी वा अधिकृतस्तर
आठौवा सातौतह) –एक जना
(ग) लेखापाल वा सह लेखापाल –एक जना
(ग) सहायक कर्मचारी (राजपत्र अनंकित प्रथम वा द्वितीय श्रेणी
वा सहायक पाँचौ वा चौथो तह) –एक जना
(ङ) कम्प्युटर अपरेटर (राजपत्र अनंकित प्रथम वा द्वितीय श्रेणी
वा सहायक पाँचौ वा चौथो तह) –एक जना
(च) सवारी चालक वा सयस (सवारी साधन वा घोडा भएमा) –एक जना
(छ) कार्यालय सहयोगी –दुई जना
(ज) निजी सुरक्षा अधिकारी (पिएसओ) –एक जन
Advertisement 1
(४) निर्वाचन अधिकृतले आफ्नो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी उपलब्ध भएसम्म
सम्बन्धित स्थानीय तह भित्रका कार्यालयमा कार्यरत सरकारी कर्मचारी मध्येबाट र त्यस्ता कर्मचारी उपलब्ध हुन नसकेमा मात्र जिल्लास्थित अन्य सरकारी कार्यालयबाट काजमा खटाउनुपर्नेछ ।
(५) निर्वाचन कार्यक्रम सञ्चालन अवधिको कार्यबोझलाई दृष्टिगत गरी उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनदेखि आठ दिनसम्मका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा देहाय बमोजिमका थप जनशक्ति काजमा ल्याउन सकिनेछः–
(क) दश वटासम्म वडा संख्या रहेका स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा
थप नहुने,
(ख) दश वटाभन्दा बढी वडा संख्या रहेका स्थानीय तहको हकमा प्रत्येक थप तीनवटा
वडाका लागि एक जना सहायक कर्मचारी ।
(६) उपदफा (५) को खण्ड (क) र (ख) बमोजिमको जनशक्ति काजमा ल्याउँदा स्थानीय स्तरमा रहेका कुनै कार्यालयमा कार्यरत सरकारी कर्मचारी वा सामुदायिक विद्यालयका शिक्षकलाई काजमा ल्याउनु पर्नेछ र त्यस्ता कर्मचारी उपलब्ध हुन नसकेमा मात्र जिल्लास्थित अन्य सरकारी कार्यालयबाट काजमा ल्याउनु पर्नेछ ।
(७) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई दैनिक तथा भ्रमण खर्च एवं मतदान केन्द्र सम्बन्धी खर्च भुक्तानी दिने कार्यका लागि थप जनशक्ति आवश्यक पर्ने भएमा बढीमा सात दिनसम्मका लागि देहाय बमोजिम लेखापाल वा सह लेखापाल कर्मचारी काजमा ल्याउन सकिनेछ :-
(क) पचहत्तर वटासम्म मतदान केन्द्र भएमा थप नगर्ने,
(ख) पचहत्तरदेखि एक सय वटासम्म मतदान केन्द्र भएमा एक जना,
(ग) एकसय एकदेखि दुई सय वटासम्म मतदान केन्द्र भएमा दुई जना,
(घ) दुईसय एकदेखि तीन सय वटासम्म मतदान केन्द्र भएमा तीन जना,
(ङ) तीनसय एकदेखि पाँच सय वटासम्म मतदान केन्द्र भएमा चार जना,
(च) पाँच सयदेखि माथि जतिसुकै मतदान केन्द्र भए तापनि पाँच जना ।
(८) उपदफा (७) बमोजिमको लेखापाल वा सह लेखापाल कर्मचारी काजमा ल्याउँदा स्थानीय स्तरमा रहेका कुनै कार्यालयमा कार्यरत सरकारी कर्मचारीलाई काजमा ल्याउनु पर्नेछ र त्यस्ता कर्मचारी उपलब्ध हुन नसकेमा मात्र जिल्लास्थित अन्य सरकारी कार्यालयबाट काजमा ल्याउनु पर्नेछ ।