नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध छ : पर्यटन मन्त्री तामाङ
काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका १०, दोलालघाटमा बिहीबारदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै उनले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Advertisement 1
मन्त्री तामाङले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जथाभाबी बगरको उत्खनन्ले दोलालघाटको सुन्दरता हराउन थालेको बताए । यहाँका नदी किनारका बगरलाई जथाभाबी उत्खनन् गरेर सुन्दरता मेटाउन खोजेको उल्लेख गर्दै उनले जिल्ला अनुगमन समितिले नीति बनाएर मात्रै उत्खनन् गर्ने निर्णय गरेकाले अब दोहन रोकिने विश्वास व्यक्त गरे ।
Advertisement 2
भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले इन्द्रावती र भोटेकोशी दुई नदीको सङ्गमस्थल भएर पलाञ्चोक भगवती मन्दिर, भीमसेनस्थान र बुद्धपार्क उभिएको भन्दै जसको थप पर्यटकीय प्रवर्द्धनात्मक कार्यले मात्रै यहाँको पर्यटकीयस्थललाई थप उचाइमा पु¥याउन सकिने सम्भावना रहेको बताए ।