बुवाको दाहसंस्कार गरेर फर्किँदै गरेको ट्याक्सी त्रिशुलीमा खस्दा पाँच जनाको मृत्यु

काठमाडौं । बुवाको दाहसंस्कार गरेर फर्किदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । मलामी गएर काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेर पाँच जनाको मृत्यु भएको खुलेको हो ।
Advertisement 1
पशुपति आर्यघाटमा बुबाको अन्तिम संस्कार गरेर किरिया बस्नको लागि गोरखा फर्कँदै गर्दा छोरासहित चढेको गाडी दुर्घटनामा परेको हो । १८ वर्षिय छोरा दिवस हराइरहेका छन् । दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।
उनले भने, ‘ट्याक्सीमा सवार सबै मलामी हुनुहुँदो रहेछ । त्यहाँ मृतकको , छोरा, बहिनी, दिदी, भान्जा र ज्वाई सवार हुनुहुन्थ्यो ।’ डीएसपी भण्डारीका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।
Advertisement 2
आज बिहान इच्छाकामना गाउँपालिका पाँचमा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो । मृतकमध्ये चार जना एकै परिवारका हुन् । भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । उनीहरु एकै परिवारका भएको खुलेको छ ।
बुबाको शुक्रबार पशुपतिमा अन्तिम दाहसंस्कार गरी शनिबार बिहानै गोरखाका लागि आउँदै गरेको बेला दुर्घटना गोरखा नगरपालिका सातका वडाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले बताए ।
Advertisement 3
ज्वाइँले चलाएको गाडीमा सवार थिए सासूसहित ५ जना
प्रहरीका अनुसार ज्वाइँले चलाएको ट्याक्सीमा पाँच जना सवार भएको बुझिएको छ । घटनास्थलमा नै रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल तामाङका अनुसार गाडी चालक ३५ वर्षका अर्जुन शिर्मल रोकाय परिवारका ज्वाइँ हुन् । मृत्यु हुने ७० वर्षीया जुनकिरी रोकाय शिर्मलका सासू रहेको प्रहरीले जनाएको छ । साथै अन्य दुई ४१ वर्षकी हरिमाया रोकाय र २८ वर्षकी अञ्जना जुनकिरीकी छोरी हुन् । नौ वर्षका बालक आगमन उपरकोटी जुनकिरीकी छोरीकी छोरा हुन् ।