‘योग्यता नपुगेका’ थानी निगमको हाकिममा नियुक्त
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरिएको छ।
Advertisement 1
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कांग्रेसनिकट इन्जिनियर थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। सर्वोच्च अदालतले गरेको योग्यतासम्बन्धी फैसलाविपरीत थानीको नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए । सुर्खेतका थानी कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष हुन्।मन्त्रालयको छनोट समितिले बुधबार चन्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला र थानीको नाम सिफारिस गरेको थियो।
थानीको योग्यतामा दुई कोणबाट प्रश्न उठेको थियो । पहिलो त सर्वोच्चको आदेशबमोजिम थानीको योग्यता पुग्दैन । गत भदौ २४ मा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले दिएको आदेशको पूर्णपाठमा ‘कुनै पनि सरकारीरसार्वजनिक निकायमा पदाधिकारी वा विज्ञ सदस्य नियुक्ति गर्दा सम्बन्धित विषयमा स्नातक तहको शैक्षिक योग्यता भएको र कम्तिमा १० वर्षका अनुभव भएको मापदण्ड लागू गर्न’ भनिएको छ ।
Advertisement 2
कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने, व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।