सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन उपप्रधान एवम गृहमन्त्री लामिछानेको कांग्रेसलाई चुनौती

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको बताउदैँ यस्तो चुनौती दिएका हुन् ।

Advertisement 1

उनले कांग्रेस नेताले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेकोसमेत बताए गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ । त्यो बहस काठमाडौँ–४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला ।’

लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्नेसमेत बताएका छन् । उनले थप भनेका छन्, ‘सारा देशका अगाडी तपाईंहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला । तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथी न्याय गर्नैपर्छ । जवाफ दिनैपर्छ । मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै, केही लेख्न बोल्न पर्दैन । दायाँ बायाँ केही कुरा नगर्नुहोला । वस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपको जवाफ दिन आउँ ?’

Advertisement 2

गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि कयौं प्रश्न सदनमा निरन्तर उठाइरहेको बताउँदै आफूले त्यसको जवाफ सदनमा उभिएर दिन चाहेको तर प्रधानमन्त्रीसँग जवाफ मागिएको बताएका छन् । उनले प्रधानमन्त्रीको जवाफ पाएपछि कांग्रेसलाई संसदीय समिति चाहिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले सुर्यदर्शन सहकारीको मुद्दामा आफू प्रतिवादी भएको जानकारीसमेत नभएको बताएका छन् । उनले थप भनेका छन्, ‘सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु, तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन । कसैको बयानमासमेत मेरो नाम संलग्न भएको जानकारी छैन । न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ । न म त्यसको सदस्य वा पदाधिकारी हुँ । न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु । अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा निरन्तर बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ?’

Advertisement 3

लामिछानेले प्रमाण भेटिँदा बालकृष्ण खाँणलाई घरबाट टिपेर लैजाने कांग्रेसले प्रमाण पाएको भए आफूलाई पनि नछाड्ने बताएका छन् । कांग्रेसले पछिल्ला दिन सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको भन्दै संसद्‌ र सडकमा निरन्तर उनको राजीनामा माग्दै आएको छ ।

प्रकाशित :२०८० चैत्र १०, शनिबार २२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry