शालिनको मृत्युपछि पक्राउ परेका तीनै शिक्षक धरौटीमा रिहा

काठमाडौं । चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनकी छात्रा शालीन पोखरेलको मृत्युपछि पक्राउ परेका तीनै जना शिक्षक धरौटीमा रिहा भएका छन्।
Advertisement 1
न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले प्रधानाध्यापक बालहरि देवकोटालाई ३ लाख, सहप्रधानाध्यापक किरणबहादुर अधिकारीलाई र होस्टल वार्डेन कमलप्रसाद शर्मालाई ५/५ लाख धरौटी बुझाएर छाड्न आदेश दिएको हो।
फागुन १२ गते विद्यालयको छात्रावासमा १४ वर्षीया शालीन झुन्डिएको अवस्थामा भेटिएपछि उनीहरू पक्राउ परेका थिए।
Advertisement 2
शालीनको हत्यामा उनीहरू दोषी रहेको भन्दै बाबु दीपेन्द्र पोखरेलले प्रहरीमा दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो।
शालीनको पोष्टमार्टम रिपोर्टमा हत्या गरेको नदेखिएको प्रहरीको भनाइ छ। शालीनको नोटकपी, उत्तरपुस्तिका र सुसाइड नोट परीक्षण गर्दा सुसाइड नोट उनी आफैंले लेखेको रिपोर्ट आएको छ।
Advertisement 3
सरकारी वकिलको कार्यालयले आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या गर्न दुरूत्साहन दिएको मुद्दामा अभियोजन गरेको थियो।