लघुवित्तको समस्या समाधान गर्न डेपुटी गर्भनरको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन
काठमाडौं । लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले शुक्रबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् ।
Advertisement 1
समितिको सदस्यमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक एवम लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल, अर्थ मन्त्रालयका सहसचिव एवम वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय शाखा प्रमुखख उपसचिव सदस्य छन् ।
यस्तै, कार्यदलमा लघुवित्तिविरोधी संघर्ष समितिका तर्फबाट मनिराम ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई रहेका छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने मन्त्रालयले जनाएको छ ।