गठबन्धन टुट्यो, मन्त्री हेरफेर आजै
काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एससहितको सत्ता गठबन्धन टुटेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले, रास्वपा र जसपासहितको नयाँ गठबन्धनको सरकार बनाएर अघि बढ्ने निर्णय लिएका छन् ।
Advertisement 1
चरणबद्ध संवादपछि सोमबार मध्यान्ह चार दलका शीर्ष नेताहरु बसेर नयाँ गठबन्धन बनाएर सरकार चलाउने निर्णयमा पुगेका छन् ।
केहीबेरपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्दैछन् ।
आइतबार राति अबेरसम्म प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेर नयाँ गठबन्धनको प्रस्ताव अघि सारेका थिए ।
Advertisement 2
नयाँ गठबन्धन बनेपछि कांग्रेस सत्ताबाहिर बनेको छ ।
प्रकाशित :२०८० फाल्गुन २१, सोमबार १२:१०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%