बलम्बु गोली काण्डः इन्स्पेक्टर श्रेष्ठलाई परिसर तानियो, छानबिन सुरु
काठमाडौंको बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चलेको घटनामा इन्सपेक्टरविरुद्ध छानबिन भएको छ। इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको थियो। त्यसपछि उनलाई प्रहरी परिसरमा तानेर छानबिन सुरु भएको हो।
Advertisement 1
आफ्नो ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेपछि इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ छानबिनमा तानिएका हुन् । जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको थियो । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा तानेर आन्तरिक छानबिन सुरु भएको बताइएको छ । उनको पेस्तोलबाट चलेको गोलीले उनका ‘बडीगार्ड’ घाइते र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् ।उनीहरु दुवैको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ । यस्तै गत माघ २५ गते बलम्बु प्रभागको भ्यानबाट खसेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो । सो घटनाको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।