यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर १ को खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ।
Advertisement 1
युरोपियन युरो १ को खरिदर १५५ रूपैयाँ ५१ पैसा र बिक्रीदर १५६ रूपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८१ रूपैयाँ ५६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १६७ रूपैयाँ ४६ पैसा र बिक्रीदर १६८ रूपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रूपैयाँ २० पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३० पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर १ को खरिददर १०४ रूपैयाँ १३ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।
यस्तै, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन १ को खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल १ को खरिददर ३७ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६९ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट १ को खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर ४ रूपैयाँ १३ पैसा, युएई दिराम १ को खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रूपैयाँ १५ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९ रूपैयाँ ६९ पैसा, स्विडिस क्रोनर १ को खरिददर १३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४ रूपैयाँ र डेनिस क्रोनर १ को खरिददर २० रूपैयाँ ८३ पैसा र बिक्रीदर २० रूपैयाँ ९२ पैसा तोकिएको छ ।
Advertisement 2
राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिददर १७ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार १ को खरिददर ४४६ रूपैयाँ २४ पैसा र बिक्रीदर ४४८ रूपैयाँ २० पैसा, बहराइन दिनार १ को खरिददर ३६२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४६ पैसा, ओमनी रियाल १ को खरिददर ३५५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५६ रूपैयाँ ८६ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।