आजै ‘सानो आकार’ को मन्त्रिमण्डल बनाउँदै देउवा, को बन्छन् सामान्य प्रशासनमन्त्री ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई परमादेश जारी गरेसँगै नयाँ सरकार गठनको तयारी भएको छ। राष्ट्रपति कार्यालयले मंगलवार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको जनाएको छ।
काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा माओवादी,उपेन्द्र बाबुराम पक्षधर जसपा,जनमोर्चा सम्मिलित सरकार बन्नेछ । माधव नेपाल पक्षधर सो सरकारमा सामेल हुनेछैन् ।
देउवाको सरकारमा कस्लाई पठाउने भन्ने बिषयमा अहिले दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
केही बेर अघिदेखि माओवादी स्थायी कमिटिको बैठक सकिएको छ । आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसालको नाम चर्चामा छ । अहिले मन्त्रालय बाँडफाँडको बिषयमा शेरबहादुर देउवा र प्रचण्डबीच छलफल चल्दैछ ।
उता कांग्रेसबाट मिनेन्द्र रिजाल,ज्ञानेन्द्र कार्कीदेखि गगन थापासम्म मन्त्री बन्ने चर्चा छ । गगनलाई स्वास्थ्यमन्त्री बनाउनु पर्ने माग सामाजिक सञ्जालतिर छाउन थालेको छ ।
यसैगरी जसपाको अहिले पार्टीको बैठक बस्दै छ । जसपा स्रोतका अनुसार उपेन्द्र यादव आफैं उपप्रधानसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा सामेल हुनसक्नेछन् ।
जनमोर्चाले भने सरकारमा जाने बिषयमा ठोस निर्णय गरिसकेको छैन् ।

प्रकाशित :२०७८ असार २९, मंगलवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry